ट्रम्पका सहयोगीले हजारौँ डलर यौन तथा लागूऔषधमा खर्चिएको खुलासा | Khabarhub Khabarhub

ट्रम्पका सहयोगीले हजारौँ डलर यौन तथा लागूऔषधमा खर्चिएको खुलासा


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – रिपब्लिकका पूर्व काँग्रेस सदस्य म्याट गेयट्जले यौन र लागु पदार्थमा हजारौँ डलर खर्च गरेको रिपोर्ट अमेरिकी संसद् संसद्को इथिक कमिटीले प्रकाशन गरेको छ ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले देशको कानुनी निकायको उच्च ओहदामा नियुक्त गर्न चाहेका उनले यौन दुर्व्यवहारको लामो शृङ्खला नै भएको पुष्टि भएको छ ।

सो कमिटीको छानबिन गर्दा सन् २०१८ मा बहमासको भ्रमणमा गएको समयमा उनले एकदमै धेरै उपहार लिएको पनि प्रमाणित भएको छ । पूर्व विधायक उनले भने आफूविरुद्ध अफवाह फैलाउन चाहेकाहरूले यो सबै प्रचार गरेको बताउँदै यसलाई नियोजित भनेका छन् ।

यसअघि उनलाई महान्यायाधिवक्ता नियुक्त गर्ने गरेको निर्णयबाट ट्रम्प पछि हटिसकेका छन् । इथिक रिपोर्टका अनुसार उनले संसद्को धेरै नियम भङ्ग गरेको मात्र होइन, यौन व्यवसायलाई प्राथमिकता दिएको, वैधानिक बलात्कार गरेको, अवैध लागूऔषधलाई प्राथमिकता तथा अनावश्यक उपहार लिँदै संसद्को गरिमा घटाएको पाइएको छ ।

उनीमाथि संसद्को कामलाई अघि बढाउन पनि अड्चन खडा गरेको आरोप लगाइएको छ ।
सन् २०१७ देखि २०१२ को बिचमा गेयट्जले १२ विभिन्न महिलालाई समेत गरी ९० हजार अमेरिकी डलर दिएका रहेछन् । सो रकम अवैध लागूऔषध तथा यौनका लागि दिइएको दाबी रिपोर्टमा गरिएको छ ।

सन् २०१७ मा एक पार्टीमा उनले १७ वर्षीया बालिकालाई यौन खरिद गर्नका लागि ४०० अमेरिकी डलर प्रदान गरेका थिए । बालिकाले त्यो बुझेर यसलाई अस्वीकार गरेकी थिइन् ।
गेयट्जे भने सोमबार बिहानसम्म आफूमाथि पूर्वाग्रही भएका कारण सो रिपोर्ट बाहिर ल्याउन लागेको बताए ।

फ्लोरिडाका पूर्व सांसद उनी सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिका निर्वाचित भएपछि थप शक्तिमा आएका थिए ।

गत साता ट्रम्पले महान्यायाधिवक्ता चयन गरे पछि उनले पदबाट राजीनामा दिएका थिए । ट्रम्पविरुद्ध लगाइएको धेरै आरोपको सामना गर्नका लागि कानुन व्यवसायी सफल हुने विश्वासका साथ सो कदम उनलाई महान्यायाधिवक्ता चयन गरिएको हो । सन् २०२० को क्यापिटल हिल प्रकरणमा उनले ट्रम्पलाई सहयोग गरेका थिए ।

धेरै सांसद्हरुले नै उनको नियुक्तिमा आपत्ति जनाएका कारण कारण ८ दिन पछि गेयट्ज आफै सो निर्णयमा पछि परेका थिए । त्यसपछि ट्रम्पले पाम बियोन्डीलाई नयाँ महान्यायाधिवक्ता चयन गरेका हुन् ।

 

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : २२ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न