विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई « Khabarhub

विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीस्थित एक सामुदायिक विद्यालयका कलिला विद्यार्थीलाई क्रिश्चियन धर्म परिवर्तन गराउन प्रवचन दिँदै हिँडेका एकजना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका–१  स्थित लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनले विद्यार्थीलाई क्रिश्चियन धर्मतिर आकर्षित गर्न विद्यालयमै पसेर प्रवचन दिएको भिडिओ भाइरल भएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार भट्टराईलाई विद्यार्थीमाझ धर्म परिवर्तन गराउने गतिविधि गरेको अभियोगमा पक्राउ गरिएको बताए ।

धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेका उनलाई अदालतबाट म्याद थपिएको छ ।

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री बाँड्ने भन्दै विद्यार्थीलाई क्रिश्चियन धर्ममा लाग्न प्रेरित गरेको भिडियो भाइरल भएको छ।

उनले लम्कीचुहा नगरपालिका–१ मा स्थित शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुबारे प्रचार गर्दै इसाई धर्म अंगाल्न भनेको भिडियोे सामाजिक सञ्जाल तातेको छ ।

उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले चासो दिएर अनुसन्धान प्रक्रिया थालेको थियो। त्यसपछि उजुरी लिएर भट्टराईलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : ५२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ