ड्रागन बोट फेस्टिभल : फेवामा सहभागी टोलीको रिहर्सल (तस्बिरहरू) | Khabarhub Khabarhub

ड्रागन बोट फेस्टिभल : फेवामा सहभागी टोलीको रिहर्सल (तस्बिरहरू)


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा- ड्रागन बोट फेस्टिभलको तयारीस्वरुप पोखरास्थित फेवातालमा सहभागी टोलीले रिहर्सल गरेका छन् ।

आगामी पुस १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिभलको तयारीका क्रममा फेवातालमै सहभागी टोलीले रिहर्सललाई तीव्र पारेका हुन् ।

ड्राग बोट फेस्टिभलको दोस्रो संस्करणमा नेपालबाट ११ समूह, चीनबाट ८ र सिंगापुरबाट १ समूह गरी २० समूहमा भाग लिँदैछन् ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार पाउने छन् । सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर दिइनेछ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो कार्यक्रम हुँदैछ ।

​​नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा टुरिजम काउन्सिल र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको समेत संयुक्त आयोजना पोखरा दोस्रो ड्रागन बोट फेस्टिभल हुन लागेको हो ।

चीन सरकारकै पहलमा नेपालमा पहिलो पटक २०२३ मा ड्रागन बोट फेस्टिभल आयोजना गरिएको थियो । चीनले यस्ता प्रतियोगिता विश्वका ५० देशमा गर्ने गरेको छ । प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सम्बन्ध बलियो बनाउनुका साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ ।

चिनियाँले मनाउने यस पर्वलाई २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौँ महिनाको ५ गते ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ ।

चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यो चाड मनाउने परम्परा छ । चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा पनि दिन्छ । चीनमा बालबालिकादेखि वृद्धवद्धासम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउँछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूलामध्ये एक चाड हो । चीनमा ड्रागनलाई सकारात्मक शक्ति मानिन्छ ।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजारका रुपमा छ । सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटक नेपाल आएका थिए । २०२४ जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ चिनियाँ पर्यटक आइसकेका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ३३ बजे

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय