कर्णाली डेभलपमेण्ट बैंकको कारोबार रोक्का  « Khabarhub

कर्णाली डेभलपमेण्ट बैंकको कारोबार रोक्का 


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डले एक प्रेश विज्ञप्ति जारी गर्दै बैंकको कारोबार रोक्का गरेको जानकारी दिएको छ ।

‘नेपाल राष्ट्र बैंकको मिति २०८१-०९/१०, पत्र संख्या वि.सं.सु.वि.२०८१/८२ को पत्रानुसार सूचीकृत संगठित संस्था कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरिएको तथा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएकोले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मको लागि तत्काल उक्त सूचिकृत संगठित संस्थाको धितोपत्र कारोबार स्थगन गरी, यस सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न नेप्सेलाई पत्राचार गरिएको छ ।’, बोर्डले भनेको छ ।

यो पनि पढ्नुहोस् : 

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना