सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत « Khabarhub

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड– सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार ४५७ आप्रवासीको मृत्यु वा वेपत्ता भएको एक गैरसरकारी संस्थाले बिहीबार जनाएको छ ।

सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ५ सम्मको अवधिमा स्पेन जाने क्रममा हताहत (मृत्यु वा वेपत्ता) आप्रबासीको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको आप्रवासी अधिकार समूह (क्यामिनान्डो फ्रन्टेरास भनिने वाकिङ बोर्डर्स)ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ मा १८ जनाको मृत्यु भएकोमा सन् २०२३ मा दैनिक औसत ३० जनाको मृत्यु हुने गरेको छ ।

यो समूहले समस्यामा परेका जहाजमा रहेका आप्रवासीका लागि बनाइएका हटलाइन, बेपत्ता भएका आप्रवासीका परिवार र आधिकारिक उद्धार रिपोर्टबाट तथ्यांक संकलन गर्छ ।

यसले कमजोर डुंगाहरूको प्रयोग र बढ्दो खतरनाक मार्गहरूको साथसाथै समुद्री उद्धार सेवाहरूको अपर्याप्त क्षमताको कारण मृत्युमा वृद्धि भएको आरोप लगाएको छ ।

‘यी आँकडाहरू उद्धार र सुरक्षा प्रणालीको गहिरो असफलताको प्रमाण हुन् । समूहका संस्थापक हेलेना मालेनोले एक विज्ञप्तिमा भनेको छन्, ‘एकै वर्षमा १० हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु वा वेपत्ता हुनु स्वीकार्न नसकिने त्रासदी हो ।’

मृत्यु हुनेमा २८ देशका नागरिक रहेका छन्, जसमध्ये अधिकांश अफ्रिकाका रहेका छन् भने इराक र पाकिस्तानका पनि रहेका छन् ।

अफ्रिकाबाट स्पेनको क्यानरी टापु जाने ‘एटलान्टिक माइग्रेसन’ मार्गमा नौ हजार ७५७ जनाको मृत्यु भएको छ ।

स्पेनको सामुद्रिक उद्धार सेवाले बुधबार क्रिसमसको दिन सात वटा आप्रवासी डुंगा उक्त द्वीपसमूहमा अवतरण गरेको सामाजिक सञ्जाल एक्समा जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ६ : ४२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक