बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिए ।

निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जङ्गल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि रु दुई हजार पाँच सय शुल्क बुझाउनुपर्ने हुन्छ ।

सूचना अधिकारी पङ्गेनीले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताए।

सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेललागायतका वन्यजन्तु अवलोकन गर्नसक्ने छन् । वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएको उनको भनाइ छ ।

उनले बाघको बासस्थान पत्ता लगाउन क्यामरामार्फत सर्वेक्षण भइरहेको जानकारी दिए। उक्त सर्वेक्षणले बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ ।

विसं २०६७ मा बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : १२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन