सुजुकी मोटर कम्पनीका संस्थापकको निधन « Khabarhub

सुजुकी मोटर कम्पनीका संस्थापकको निधन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

टोकियो– सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको निधन भएको छ ।

उनले ९४ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय सुजुकी मोटर कर्पको नेतृत्व गर्दै सन् २०२१ मा आफ्नो अवकाशको घोषणा गरेका थिए । त्यतिबेला उनी ९१ वर्षको थिए ।

सुजुकी मोटर कर्पका अध्यक्षको मृत्यु २५ डिसेम्बरमा भए पनि कम्पनीले शुक्रबार २७ डिसेम्बरमा निधन भएको जानकारी दिएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यो जानकारी प्राप्त भएको हो । ओसामु सुजुकीको नेतृत्वमा कम्पनीले विश्व बजारमा विस्तार गरेको थियो । कम्पनी विशेष गरी यसको मिनी कार र मोटरसाइकल को लागी प्रसिद्ध छ।

सुजुकीको जीवन यात्रा एक साधारण परिवारबाट सुरु भएको थियो र ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो गिफु प्रिफेक्चरमा भएको थियो ।

टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए ।

सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्‍यो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ३ : ०१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको