‘साना जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्छ’ « Khabarhub

‘साना जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्छ’


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले साना जलविद्युत आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले ग्रामीण क्षेत्रमा सामुदायिक लघु विधुतिकरणलाई प्राथमिकता दिने गरी कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।

संशोधनकर्ता सांसद महेश बर्तौलाले साना आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्ने बताए ।

सामुदायिक तहमा विद्युत् उत्पादन गरेर स्थानीय माग पुरा गर्ने काम भएकाले त्यसलाई विधेयकमा सकारात्मक ढंगले सम्बोधन गर्नुपर्ने उनले बताए ।

उनले सय मेगावाट भन्दा बढीका आयोजनाहरूको निर्माण नेपालीहरू आफैले गर्न सक्दैनन् भन्ने प्रावधान विधेयकमा राखिएको अनुभव भएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । बर्तौलाले निजी क्षेत्रलाई समेत जलविद्युत आयोजना निर्माणमा सहज रूपमा आउने वातावरण बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद सुमना श्रेष्ठले जलविद्युत क्षेत्रका विभिन्न निकायमा स्थानीय जनप्रतिनिधि राजनीतिज्ञलाई सहभागिता जनाउन दिन नहुने बताइन् ।

सरकारले विद्यमान विद्युत् ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन निर्माण गर्ने उद्देश्यले भदौ २७ गते संसदमा विद्युत् विधेयक, २०८० दर्ता गरेको थियो । विधेयकमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने, प्रतिस्पर्धाको आधारमा आयोजनाको लाइसेन्स दिने र विद्युत् खरिद विक्री सम्झौता गर्ने लगायतका प्रावधान उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक