ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत « Khabarhub

ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्।

बुधवार हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएसँगै समयअगावै आमनिर्वाचन गराउने उनको प्रस्ताव अस्वीकृत भएको हो ।

सरकारले कुल ४३४ मत ल्याउनुपर्नेमा जम्मा २९८ मत प्राप्त भएको थियो भने विपक्षमा ५६ मत खसेको थियो। प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

सांसदहरूले सहमति विनाको ब्रेक्जिटलाई रोक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्‌मा सो प्रस्ताव पेश गरेका थिए।

यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए। हाउस अफ कमन्समा बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो। प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई ‘आत्मसमर्पण गराउने विधेयक’को सङ्ज्ञा दिएका छन्।

बुधवार नै ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो। उक्त विधेयकको पक्षमा ३३० मत र विपक्षमा ३०० मत खसेको थियो।

पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली सङ्घ छाड्नुपर्ने छ। मङ्गलवार प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिले संसद्‌मा ठूलो पराजय बेहोरेको थियो। मङ्गलवारको मतदानमा सरकारको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए। प्रधानमन्त्री जोनसनले मङ्गलवार नै संसद्‌मा बहुमत गुमाएका थिए।

विपक्षी नेता जेरमी कोर्बिनले सहमति विनाको ब्रेक्जिट प्रक्रिया अगाडि बढाउनका निम्ति प्रधानमन्त्री जोनसनसँग संसद्‌मा बहुमत र संसद्‌को सहमति दुवै नरहेको प्रतिक्रिया दिएका छन् ।

संसद्‌मा बोल्दै कोर्बिनले युरोपेली सङ्घसँग पुनः वार्ता गर्नका लागि प्रधानमन्त्रीसँग योजना र प्रस्ताव नरहेको दाबी गरे।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : २२ बजे

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा

सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु