दुई दिनमा सकियो रविको बयान, थुनछेक बहस बाँकी | Khabarhub Khabarhub

दुई दिनमा सकियो रविको बयान, थुनछेक बहस बाँकी


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार र शुक्रबार लगातार रविको बयान भएको हो ।

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान शुक्रबार बिहानदेखि सुरु भएको थियो ।न्यायाधीश राईको इजलासमा पहिलो दिन बिहीबार दिउँसो रविसँग ३ घण्टा लामो बयान चलेको थियो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको बाँकी बयान शुक्रबार सकिएको हो । रविको बयान सकिए पनि थुनछेक बहसलाई अझै समय लाग्ने भएको छ । अन्य आरोपीहरूको पनि बयान बाँकी रहेकाले थुनछेक बहसका लागि अझै समय लाग्ने भएको हो ।

उनलाई सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण बयान हुन सकेको थिएन । त्यहीबीचमा उनी संघीय सांसद पदबाट पनि रवि निलम्बन भइसकेका छन ।

सोमबार र मंगलबार गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको थियो । त्यसपछि अर्का प्रतिवादी लीला पछाईसँग बयान सुरु भएको थियो । जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाएपछि यसै हिरासतमा फर्केका थिए ।

रविले दुई दिन लामो बयानका क्रममा सहकारी ठगीसहितका आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । उता सरकारी वकिलको कार्यालयमा पनि उनले आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

उनका साझेदार जोशीको पनि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश राईले अदालतमा लिएको बयान सकिएको छ ।

उनको मंगलबार बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँग सुरु गरिएको थियो ।

कास्की अदालतकोले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

त्यही अभियोगमा ५ जनालाई बिगोअनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।

लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।

लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : १५ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ