मधेस सरकारद्वारा ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा « Khabarhub

मधेस सरकारद्वारा ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशका पत्रकारहरूको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रुपैयाँको दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न लागेको छ ।

श्रमजीवी पत्रकारहरूको सहजताका लागि स्वास्थ्य बीमा गर्न लागिएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनको विशेष अनुरोधमा आम सञ्चार प्राधिकरणमार्फत पत्रकार स्वास्थ्य बीमा गर्न लागिएको उनले बताए । यो बीमालाई आगामी वर्षमा निरन्तरता दिँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए ।

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमा गरिने जानकारी दिए ।

यादवले प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि नै सञ्चार क्षेत्रमा नयाँ कामहरू गर्ने प्रयास निरन्तर जारी राखेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको