दक्षिण कोरिया : कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित | Khabarhub Khabarhub

दक्षिण कोरिया : कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित हुने भएका छन्  ।

निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएका छन् ।

विपक्षी नियन्त्रित नेसनल एसेम्बलीले हानलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि कार्यवाहक राष्ट्रपति हान पदबाट निलम्बित भएको र उक्त स्थानमा उपप्रधानमन्त्रीसमेत रहेका आर्थिक मामिलामन्त्री चोइले उक्त भूमिका सम्हाल्ने तयारी गरेको कोरियाली अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्थ मन्त्रालयका अनुसार चोईले हानसँग बैठक गर्ने र त्यसपछि सेना प्रमुखसँग फोनमार्फत संवाद गरी सरकारका मन्त्रीहरूलाई निर्देशन दिने योजना बनाएको बताइएको छ ।

कार्यवाहक राष्ट्रपतिले जनताका नाममा लिखित सम्बोधन गर्ने र साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने कार्यक्रम तय भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : २८ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता

किभ – अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा