ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार शारङ्गा सुबेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै निर्वाचनको सन्दर्भमा कारण देखाउ आदेशसमेत जारी गरेको छ। उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटिले विधान संशोधन गरेर १३ पुसका लागि निर्वाचनको घोषणा गरेको थियो। एनओसीको अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदमा पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् ।

 

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ११ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने