रामप्रसादराईका वडा-वडामै योजना सम्झौता « Khabarhub

रामप्रसादराईका वडा-वडामै योजना सम्झौता


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने लक्ष्यले वडा वडामै योजना सम्झौता गरेको छ ।  जनतालाई घरदैलोमा नै पुगेर सेवा दिने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको हो ।

गाउँपालिकाले ‘योजना तथा कार्यक्रम सञ्चालन शिविर’ मार्फत वडा स्तरमा पुगेर योजना सम्झौता गरेको छ । शिविरमार्फत गाउँपालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलसहित सम्बन्धित शाखाका कर्मचारी वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख ज्ञानराज भट्टराईले जानकारी दिए।

शिविरमार्फत उपभोक्ता समितिलाई योजना सञ्चालनको विषयमा अभिमुखीकरण, योजना सञ्चालन पद्धति तथा योजना सञ्चालन प्रक्रियाको विषयमा समेत जानकारी दिइएको उनको भनाइ छ । यो क्रममा वडा नं १ ओख्रेमा १४ वटा, वडा नं ४ दलगाउँमा ९ वटा, वडा नं ८ खोक्सिकमा ११ वटा योजना योजना सम्झौता गरिएको छ ।

वडा नं २ र ३ ले यसअघि नै योजना सम्झौता गरी सकेका छन् । पालिका केन्द्र नजिक रहेका वडा नं ५ मानेभञ्ज्याङ र वडा नं ६ वैकुण्ठेका योजना भने गाउँपालिकामा नै सम्झौता गरिने जनाइएको छ । वडा नं ७ मा पनि तत्कालै योजना सम्झौता शिविर सञ्चालन गरिने गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका शिविर सञ्चालन गरेर वडा स्तरमा नै योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए। शिविरका क्रममा प्रभावकारी रूपमा योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गराइएको उनको भनाइ छ ।

‘भौगोलिक रूपमा टाढा रहेका उपभोक्ताई सहजरूपमा सेवा दिन वडा स्तरमा पुगेर योजना सम्झौता गरेका छौँ’, प्रशासकीय अधिकृत पोखरेलले भने, ‘यसले उपभोक्तालाई सहजतासँगै समयको पनि बचत भएको छ । त्योसँगै हामीले अभिमुखीकरण गरेर योजना सञ्चालन पद्धतिको विषयमा समेत जानकारी दिएका छौँ । यसले योजना गुणस्तरीय ढंगले समयमा सम्पन्न हुन्छन् भन्ने हामीले अपेक्षा लिएका छौँ ।’

गाउँपालिकाबाट सम्झौता भएका योजनालाई आगामी चैत मसान्तभित्रनै सक्ने लक्ष्यका साथ काम अघि बढाएको उनको भनाइ छ ।

नागरिकलाई गाउँपालिकाबाट प्रवाह हुने सेवालाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी ढङ्गले पुर्‍याउने लक्ष्यले शिविर सञ्चालन गरेर सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए। वडा वडामा पुगेर योजना सम्झौतासँगै सञ्चालनका सम्पूर्ण प्रक्रियाका विषयमा उपभोक्ता समितिलाई जानकारी दिएको योजनाको प्रभावकारिता बढ्ने उनको भनाइ छ ।

 गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार जनतालाई सहजरूपमा घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले शिविर सञ्चालन गरेर वडा वडामा नै योजना सम्झौता गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। यहाँबाट प्रवाह हुने सेवालाई सहज र सरलरूपमा नागरिकसम्म पुर्‍याउन गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

‘नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ काम गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘हाम्रा धेरै वडाहरू भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्छन् । ती स्थानबाट पालिकासम्म आउँदा उपभोक्ताको धेरै समय र पैसाको खर्च हुन्छ । नागरिकको  समस्यालाई ध्यानमा राखेर स्थानीय सरकारको सेवा घरदैलोमा पुर्‍याउन जुटेका छौँ ।’

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १० : ४१ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम