सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : परराष्ट्रमन्त्री « Khabarhub

सरकार ढल्ने हल्ला भ्रम मात्रै हो, सत्ता गठबन्धन पूरै अवधि जान्छ : परराष्ट्रमन्त्री


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

धनगढी– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार ढल्ने हल्लाका पछि नलाग्न आग्रह गरेकी छन् । नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि शनिबार धनगढीमा आयोजित बधाई कार्यक्रम सम्बोधनका क्रममा उनले सरकार नढल्ने भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेकी हुन् ।

‘सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि लाग्न हुँदैन,’ मन्त्री राणाले भनिन्, ‘कांग्रेस र एमालेको नेतृत्व तहमा समझदारी बनेको छ । सत्ता गठबन्धन पूरै अवधि जान्छ । सरकार सहजीकरणको लागि दुई दलको कार्यदल बनेको छ ।’

परराष्ट्रमन्त्री राणाले वर्तमान सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका अपेक्षालाई सम्बोधन हुने गरी अघि बढिरहेको पनि बताइन् । उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा र भरोसा बढेको पनि जिकिर गरिन् ।

मन्त्री राणाले सरकार सामाजिक र आर्थिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको पनि बताइन् ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १ : ०९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक