घनश्यामको गुनासो- एमालेबारे बोल्नै हुन्न, हाम्रोतिर किन हेर्छस् भनेर जाइलाग्छन् | Khabarhub Khabarhub

घनश्यामको गुनासो- एमालेबारे बोल्नै हुन्न, हाम्रोतिर किन हेर्छस् भनेर जाइलाग्छन्

डेडिकेटेड फिडर तथा ट्रंक लाइनमा ओली दोषी


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवाद समाधान नहुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य दोषी रहेको आरोप लगाएका छन् ।

‘नेपालमा जलसम्पदाको समाजशास्त्र’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा ओली आफैँ लाठी लिएर मैदानमा निस्किएपछि समस्या जटिल बनेको आरोप उनले लगाएका छन् ।

ओलीलाई प्रधानमन्त्रीकै हैसियतमा बस्न सुझाउँदै भुसालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई काम गर्न दिन पनि सुझाए । डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा बिजुली बाल्नेले पैसा तिर्नुपर्ने मत भुसालले राखे ।

‘यहाँ ओलीजी आफैँ लाठी लिएर मैदानमा निस्किएपछि धेरै समस्या भएको हो । नत्र यस्तो नहुने थियो । ओलीले राज्य चलाउने हो नि । कानुनी राज्य भए नभएको हेर्ने हो’, उनले भने, ‘एउटा कर्मचारीसँग झगडा गरेको छ । ओली प्रधानमन्त्रीकै हैसियतमा र कुलमान डीजीकै हैसियतमा बस्ने हो भने यो समस्या समाधान हुन्छ ।’

एमालेवाला जाइलाग्छन्

महासचिव अचेल एमालेबारे कमेन्ट गर्दा जाइलाग्ने अवस्था आएको पनि बताए । ‘हिजो मैले एमालेबारे गरेको कमेन्टमा ‘हाम्रो पार्टीतिर किन हेर्छस् ?’ भनेर जवाफ आयो’, उनले भने, ‘एमाले अध्यक्ष ओली स्वेच्छाचारी हुँदै गएका छन् । एमालेमा अहिले उकुसमुकुसको अवस्था छ । अब ओलीले नेतृत्वबाट बाहिर निस्किनु राम्रो हुन्छ ।’

महासचिव भुसाल र एमालेबाट निष्कासित भीम रावलतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘ह्याउ भए आफ्नै पार्टी बनाएर देखाऊ’ भनेर आइतबार कडा प्रतिक्रिया दिएका थिए ।

त्यही प्रसंगमा भुसालले थपे,‘हिजो मैले यसो के कमेन्ट गरेको थिएँ, हाम्रो पार्टीतिर किन हेर्छस् भनेर लेखेछन् । छिमेकको ठूलो घर भत्कियो भने मेरो पनि भत्काइदिन्छ । त्यसले झगडा गर्यो भने मलाई सुत्न दिँदैन । त्यो पड्कियो भने मेरो वरिपरी र परिवारमा पनि समस्या हुन्छ ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : २८ बजे

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका

खेमनाथ दाहालको ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

सर्लाही – जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको