नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता | Khabarhub Khabarhub

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो।

समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्य सञ्चालनका लागि काम गर्नेछन् । यसैगरी, बेइजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ देखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझदारी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलगायत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : ३६ बजे

गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई

डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्य गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल

बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशको भविष्य भएकाले

जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिगत रुपमा

मुलुकको समृद्धिका लागि पर्यटन शक्तिशाली विकल्प हो : अर्थमन्त्री

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि