सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा « Khabarhub

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । बोर्डका पदाधिकारीसमेत पदमुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री अध्यक्ष रहने सहकारी विकास बोर्डमा मित्रराज दवाडी सहअध्यक्ष थिए । बोर्ड खारेजीमा परेसँगै दवाडी पदमुक्त भएका छन् ।

सहकारी विकास बोर्डमा कार्यरत कर्मचारीहरुको हकमा भने सबै कर्मचारीलाई सहकारी प्राधिकरणमा तत–तत् जिम्मेवारीमा समायोजन गरिने अध्यादेशमा जनाइएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डमा १४ जना कर्मचारी कार्यरत थिए । बोर्ड खारेजीसँगै यस कार्यालयमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति र कागजपत्र सहकारी प्राधिकरणमा सर्ने भएको छ ।

सरकारले अध्यादेशमार्फत् प्राधिकरण गठन गरेपछि सहकारी बोर्ड खारेज भएको हो ।

हेर्नुहोस् कर्मचारीको सूची–

राष्ट्रिय सहकारी विकास बोर्डका कर्मचारी र पदाधिकारीको नामावली

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : ०८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको