विद्यार्थीले गरेको पुस्तान्तरण ऐतिहासिक कदम हो ः जनार्दन शर्मा  « Khabarhub

विद्यार्थीले गरेको पुस्तान्तरण ऐतिहासिक कदम हो ः जनार्दन शर्मा 


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– विद्यार्थी संगठनमा उमेर हद लागू हुने भएपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यसको स्वागत गरेका छन् ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। जसमा परिणाम ३२ वर्षे उमेर हद लगाउनुपर्नेको पक्षमा आएको संगठनको केन्द्रीय निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले घोषणा गरे ।

त्यसपछि  शर्माले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य भएको बताउँदै विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदमलाई स्वागत गरेको बताएका छन् ।

उनले यो निर्णयले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेटेको पनि तर्क गरेका छन् ।

उनले लेखेका छन्,- ‘पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो सम्भव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट, विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो। विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : २३ बजे

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय