विप्लव पनि संसदीय राजनीतिमै : ०८४ को चुनावमा भाग लिने | Khabarhub Khabarhub

विप्लव पनि संसदीय राजनीतिमै : ०८४ को चुनावमा भाग लिने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

त्यसका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिने निर्णय गरेको महासचिव विप्लवले बताए ।

हालै सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

आगामी चूनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव विप्लवले जानकारी दिए ।

बैठकले एकीकृत जनक्रान्तिका क्रममा १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ ।

देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायत मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए ।

अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढंगले अघि बढाउन नसकेकाले नयाँ ढंगले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनले बताए ।

त्यस्तै बैठकले देशको स्वाधीनताविरुद्ध भइरहेका हस्तक्षेपबिरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किरात–लिम्बुवान प्रदेश नामकरण गर्दै मान्यता दिलाउन राजनीतिक शक्तिसँग छलफल अघि बढाउने निर्णय भएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : ३८ बजे

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य