‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’ « Khabarhub

‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले २० वर्ष उमेर नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिन नहुने बताएका छन् ।  

मंगलबार मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बाल विवाह अन्त्यको लागि हरेक नागरिकले आफ्नो तर्फबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताए । 

उनले भने, ‘मन्दिरको साथै पार्टी प्यालेसमा पनि विवाहको उमेर पुगेको वा नपुगेको हेर्नुपर्छ । २०७८ को जनगणना १५–१७ वर्ष उमेर समूह धेरै प्रेम विवाह गरेका छन् । जसको कारण उनीहरू शिक्षाबाट वञ्चित, शारीरिक तथा मानसिक असर र प्रगतिको बाधक आफै बनेका छन् ।’ 

साथै, कार्यक्रममा बोल्दै ढकालले केही व्यक्तिको लहडले विवाहको उमेर घटाउन नहुने पनि उनी बताउँछन् । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ५६ बजे

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका