'२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन' | Khabarhub Khabarhub

‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले २० वर्ष उमेर नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिन नहुने बताएका छन् ।  

मंगलबार मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बाल विवाह अन्त्यको लागि हरेक नागरिकले आफ्नो तर्फबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताए । 

उनले भने, ‘मन्दिरको साथै पार्टी प्यालेसमा पनि विवाहको उमेर पुगेको वा नपुगेको हेर्नुपर्छ । २०७८ को जनगणना १५–१७ वर्ष उमेर समूह धेरै प्रेम विवाह गरेका छन् । जसको कारण उनीहरू शिक्षाबाट वञ्चित, शारीरिक तथा मानसिक असर र प्रगतिको बाधक आफै बनेका छन् ।’ 

साथै, कार्यक्रममा बोल्दै ढकालले केही व्यक्तिको लहडले विवाहको उमेर घटाउन नहुने पनि उनी बताउँछन् । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ५६ बजे

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर