टुँडिखेलमा जुम्ली भैलोको रौनक (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा जुम्ली भैलोको रौनक (तस्बिरहरू)


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका अधिकांश क्षेत्र र समुदायले तिहारका बेला कात्तिक कृष्ण औंसीमा देउसी-भैलो खेल्ने चलन छ ।

तर कर्णालीको जुम्ला क्षेत्रका बासिन्दाले भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने गर्छन् ।

स्थानीय लोककथाअनुसार जुम्ली भैलोको मौलिकता र विशिष्टता उजागर गर्ने धेरै घटना छन् । बाह्य संस्कृतिको प्रभावले मौलिक परम्परा विस्तारै हराउँदै गएको छ।

सामान्यत: नेपाली तिहारमाको भैलोको दिन अर्थात् दीपावलीको दिन कात्तिककृष्ण औंसीको दिन गाईपूजा गरिन्छ ।

जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी भनिन्छ। त्यो दिन गाईगोरुलाई खुवाउन भाटमास पकाउँछन्। कागलाई पनि खाना दिइन्छ ।

त्यहीअवसरमा जुम्लाका विभिन्न स्थान र राजधानी काठमाडौंमा नाचगानसहित पर्व मनाइन्छ ।

मंगलबार काठमाडौंमा यो पर्व मनाइएको छ । जुम्लाकी धनदेवी पाण्डेले पुस कृष्ण औंसीदेखि विभिन्न स्थानमा भैलो खेल्ने गरेको बताइन् । उनले बसाइँसराईसँगै यो पर्व जुम्लाबाहिर पनि खेल्ने गरिएको बताइन् ।

जुम्लामा यो पर्वमा साँझमा भैलो खेल्ने गरिन्छ । तर काठमाडौंमा सम्भव नभएपछि दिउँसै टुँडिखेलमा खेलिएको हो ।

पाण्डेले आफ्नो संस्कार र संस्कृतिलाई जोगाउन काठमाडौंमा भैलो खेल्न थालिएको बताइन् । यो पर्वबारे अरुलाई बुझाउन पनि यस्तो गरिएको उनले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : २७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र