सबैभन्दा धेरै बालविवाह कर्णालीमा, दोस्रोमा मधेश « Khabarhub

सबैभन्दा धेरै बालविवाह कर्णालीमा, दोस्रोमा मधेश


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका सामाजिक विकास मन्त्री प्रमोदकुमार जयसवालले छोरीहरूले भागेर विवाह गर्ने डरले अभिभावकले बालखैमा विवाह गरिदिने गरेको बताएका छन् । 

मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इज्जत र प्रतिष्ठाको कारणले अभिभावक नै बाल विवाहमा सक्रिय भएको बताए । 

उनले भने, ‘छोरी भागेर बिहे गर्छन् कि भन्ने डरले अभिभावकले बालविवाह गरिदिएको पाइन्छ । त्यसैले अभिभावकलाई सचेत गराउनुपर्ने अवस्था छ । धार्मिक मान्यता अनुसार कन्यादानको प्रचलनले छोरीहरुको जीवन कष्टमा धकेलेको पाइन्छ । बाल विवाहको कारण भूगोलपिच्छे फरक-फरक रहेको पाइएको छ । परिवेश र कारक तत्व पहिचान गरेर नीति तथा कार्यक्रम बनाउनुपर्ने देखिन्छ ।’ 

त्यस्तै, उनले मधेश प्रदेशमा भन्दा कर्णाली प्रदेशमा बाल विवाहको भयावह स्थिति भएको बताए । उनी थप्छन्, ‘कर्णालीपछि दोस्रोमा मधेश प्रदेशमा बाल विवाह भएको पाइन्छ । अभिभावकमा छोरीको उमेर जति बढ्यो उति दाइजो दिनुपर्ने त्रास मधेशमा रहेको छ । 

बलियो संयन्त्र बनाएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ५२ बजे

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि