‘कांग्रेसको महाधिवेशन समयमै हुन्छ, रुवाबासी जरुरी छैन’ « Khabarhub

‘कांग्रेसको महाधिवेशन समयमै हुन्छ, रुवाबासी जरुरी छैन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समयमै महाधिवेशन माग गर्दै आएको समूहलाई रुवाबासी नगर्न भनेका छन् ।

मकवानपुरको हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले समयमै महाधिवेशन हुने जिकिर गर्दै त्यसका लागि रुवाबासी गर्न जरुरी नभएको बताएका हुन् ।

‘१५ औँ महाधिवेशन हुन्छ । १२ औँ, ११ औँ, १० औँ भएको छ भने १५ औँ किन हुन्न ?,’ महामन्त्री थापाले प्रश्न गरे, ‘रुवाबासी किन गरिरहेका छौँ हामी ?’

थापाले महाधिवेशन समयमै हुने जिकिर गर्दै त्यसबारे धेरै चर्चा नगर्नसमेत नेताहरूलाई आग्रह गरे ।

‘महाधिवेशन हुन्छ कि हुँदैन, महाधिवेशन यसले सार्ला, यसले गर्ला । कोही महाधिवेशन गर्ने पक्षका परेका छौँ, कोही महाधिवेशन नगर्ने बनाइएका छौँ,’ उनले भने ‘प्रतिबन्धितकालमा समाधान आएको कांग्रेस पार्टीले आनन्दले गर्छ । तपाईंहरूले हामीलाई जिम्मा दिनुभएको छ, ढुक्क रहनुस् । पार्टीको महाधिवेशन समयमा हुन्छ । यसबारे धेरै चर्चा पनि नगर्नुस् ।’

महाधिवेशन पार्टीभित्रको नियमित प्रक्रिया भएको जिकिर पनि महामन्त्री थापाले गरे । ‘महाधिवेशन पार्टीभित्रको नियमित प्रक्रिया हो । को नेतृत्वमा आउने समयमा सोचौँला ।’

उनले ०८४ को आमनिर्वाचनबारे पनि नसोच्न आग्रह गरे । ‘०८४ को चुनाव पनि बिर्सौँ । हामीले अहिले ०८४ को चुनावको धेरै चर्चा गर्नु हुँदैन,’ उनले भने, ‘हामी भर्खरै ०८१ मा छौँ । हाम्रो जिम्मेवारी बाँकी छ । हामीले जिम्मेवारी पूरा गर्‍यौँ भने ०८४ को चुनाव आफैँ हाम्रो पक्षमा आउँछ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : २४ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन