तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक « Khabarhub

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ ।

मंगलबार भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताएका थिए । 

समितिकी सभापति तुलसाकुमारी दाहालले भनिन्, ‘दफावार छलफल गर्न बाँकी छ । विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ । विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।’

तिलगङ्गा प्रतिष्ठानका पदाधिकारीसँग भएको छलफलमा तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरूङलले तिलगङ्गा प्रतिष्ठानको ३० वर्षे इतिहासमा यहाँसम्मको यात्रा तय गर्नुमा व्यवस्थापनको हात रहेको बताइन्। 

उनले भनिन्, ‘संस्था राम्ररी चल्न व्यवस्थापन समूहको ठूलो हात हुन्छ । व्यवस्थापकीय ढाँचा राम्रो बनाउन सकियो भने पक्कै पनि विश्वविद्यालय पनि राम्ररी सञ्चालन हुनेछ ।’

तिलगङ्गाका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले तिलगङ्गासँग जग्गा र स्रोत जुटाउनुपर्नेमा जोड दिए ।

 उनले भने, ‘हामीसँग ७० रोपनी जग्गा छ । बाँकी खोजीमा छौँ । दाताहरूले दिन्छौँ भनेर पक्का आश्वासन दिइसक्नुभएको छ । जग्गाले सरकारले तोकेको मापदण्ड हामी पूरा गर्न तयार छौँ ।’

उनका अनुसार विश्वविद्यालय सञ्चालनमा समस्या हुने छैन । खनालले भने, ‘१० वर्षको तथ्यांक हेर्ने हो भने संस्था सञ्चितिमै चलिरहेको छ । अहिले हामीसँग जति सञ्चिति बचत छ त्यो केही वर्षका लागि पुग्छ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ३१ बजे

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी