राष्ट्रसंघले भन्यो : गाजाका अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्नुपर्छ « Khabarhub

राष्ट्रसंघले भन्यो : गाजाका अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्नुपर्छ


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्त (ओएचसीएचआर)ले गाजाका अस्पतालहरूमा इजरायली आक्रमणको छानबिन गर्नुपर्ने जनाएको छ ।

उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई इजरायली आक्रमणले पूर्णतः ध्वस्त बनाएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र सङ्घको उच्च कार्यालयले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

ओएचसीएचआरका भोल्कर टर्कले भने, ‘यी सबै घटनाहरूको स्वतन्त्र, पूर्ण तथा पारदर्शी अनुसन्धान हुनु आवश्यक छ ।’

सन् २०२३ अक्टोबर १२ र सन् २०२४ जुन ३० बीचको भएका आक्रमणहरूले इजरायलले अन्तर्राष्ट्रिय कानूनको पालनाको बारेमा गम्भीर चिन्ता खडा गरेको प्रतिवेदनमा उल्लेख छ ।

टर्कले गाजाको स्वास्थ्य सेवा पूर्वाधारको व्यापक विनाशले बिरामी, चिकित्सा कर्मचारी तथा सर्वसाधारणले गुमाएको बताए ।

इजरायलले धेरैजसो केसहरूमा प्यालेस्टिनी सशस्त्र समूहहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरूको दुरुपयोग गरेको दाबी गरिरहेको छ। यद्यपि, प्रतिवेदनले यी आरोपहरूलाई ‘अस्पष्ट र फराकिलो’ भनी वर्णन गरेको छ ।

टर्कले भने, ‘युद्धको समयमा अस्पतालहरूको सुरक्षा सर्वोपरि हुन्छ तथा सबै पक्षहरूले सधैं सम्मान गर्नुपर्छ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ४२ बजे

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट