प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि सपथ लिने « Khabarhub

प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि सपथ लिने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले भोलि (बुधबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन्‌ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा बुधबार बिहान साढे ११ बजे राईले सपथ लिने संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा आज (मङ्गलबार) नियुक्त गरिसकेका छन्‌ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ का राईलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्‌को तल्लो सदनका सचिवमा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई सचिव पदमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : २० बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको