बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई | Khabarhub Khabarhub

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तीन लाख रुपैयाँ तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले १५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए ।

यही पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय सहभागी थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए ।

आगामी दिनमा नेपाल प्रहरीको फुटबल टोलीलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिए । रासस

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ३१ बजे

माधव, विप्लव, प्रभु र धर्मेन्द्रसहितलाई माओवादीमा भित्र्याउने प्रचण्डको योजना

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले पार्टी बलियो बनाउन

ऊर्जामन्त्री खड्काले गरे ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुल्चोक क्याम्पसमा निर्माण

लागूऔषध कारोबारको ‘हटस्पट’ सुदूरपश्चिम : ६ महिनामै समातिए ४ सय ३४ युवा

धनगढी– सुदूरपश्चिममा शुक्रबार एकै दिन प्रहरीले १३ जना युवालाई लागूऔषधसहित पक्राउ

माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अर्थसंक्षेप : नेप्सेको आइटीमा छिद्र, गहुँ निर्यातमा लगाएको प्रतिबन्ध भारतले खुलायो

काठमाडौं– दक्षिणी छिमेकी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि