वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो ? « Khabarhub

वर्ष २०२५ को स्वागतका लागि संसारभर के-के भयो ?


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसार भरी नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ। सिरियाली नागरिकले आसाद सरकार ढलेपछिको पहिलो पटक नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहेका छन्।

बेलायत तथा अन्य धेरै युरोपेली देशमा वर्षको पहिलो दिनको पहिलो बिहानीमा नै मौसम खराब छ। त्यसका बाबजुद हर्षोल्लासका साथ नयाँ वर्ष मनाइएका छन्।

संसारमा विकसित देशका मुख्य सहरहरू अहिले रङ्गाएका छन्। संयुक्त अरब इमिरेट्सको दुबई र अबुधाबी, बेलायत, रोम र बर्लिन पुरै रङ्गिएका छन्।

नयाँ वर्षको स्वागतका लागि बिबिसीले गायिका सोफिया एलेक्सि बेस्टरको स्वरमा कार्यक्रम आयोजना गरेको छ। म्याड्रिड ,रोम र पेरिस र आमस्ड्रममा ठुला घडी सजाइएर नयाँ वर्षलाई स्वागत गरिएका छन्।

विगतको भन्दा एकदमै फरक शैलीले नयाँ वर्षको स्वागत भने सिरियालीले गरे। राजधानी दमासकसको चोकका हजारौँ जना उपस्थित हुँदै खुसीयालीका साथ नयाँ वर्ष २०२५ को स्वागत गरेका हुन्।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : ४५ बजे

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।