साहोको कमाइ घट्यो, प्रभासको फिल्मले अहिलेसम्म कति करोड कमायो ? « Khabarhub

साहोको कमाइ घट्यो, प्रभासको फिल्मले अहिलेसम्म कति करोड कमायो ?


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभासको ठूलो बजेटको फिल्म साहोको कमाई बक्स अफिसमा कमजोर बन्दै गएको छ ।

त्यसोत विदा नभएको दिनमा फिल्मको कमाइ घट्नु सामान्य कुरा हो । तर यो साल रिलिज भएको ठूलो फिल्मले पहिला हप्ता राम्रो कमाइ गरेको छ । सोमबार १४.२० करोड कमाएसँगै साहोको कमाइमा जबरजस्त कमी आएको हो ।

बुधबार साहोले ६.९० करोडको व्यापार गरेको थियो । ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीट गर्दै लेखेका छन् साहोले शुक्रवार २४.४० करोड, शनिवार २५.२० करोड, आइतवार २९.४८ करोड, सोमबार १४.२० करोड, मंगलबार ९.१० करोड र बुधबार ६.९० करोड कमाइ गरेको छ । साहोको हिन्दी भर्सनमा कुल कमाइ १०९.२८ करोड भएको छ ।

साहोले विश्वभरबाट ५ दिनमा ३५० करोडको कमाई गरेको ट्रेड एक्सपर्ट रमेश बालाले बताए ।

दुईवटा सुपरहिट बाहुबलि सिरिज दिएका प्रभासको साहोले तहल्का पिट्ने अनुमान भइरहेको बेलामा उनको फिल्मले सोचेजति सफलता प्राप्त गर्न सकेन ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ३५ बजे

राष्ट्रियसभामा दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय

राष्ट्रिय सभाको बैठकलाई दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रिय सभाको सोमबार बस्न लागेको बजेट अधिवेशनको पहिलो बैठकमा

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना