गला बसेको छ ? घरमै बसेर यसरी उपचार गर्नुस् | Khabarhub Khabarhub

गला बसेको छ ? घरमै बसेर यसरी उपचार गर्नुस्


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वषेशगरि मौसम परिवर्तन हुँदा गला बस्ने (स्वर बस्नु) समस्याबाट धेरै मानिसहरू पीडित हुन्छन् । गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । यसलाई सामान्य समस्या मानेर मानिसहरू डाक्टरकहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रूप पनि लिन सक्छ । 

जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु यी कारणहरूले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरूमा स्थिर भएर गला बस्ने वा स्वर भङ्ग गरिदिन्छ । स्वर भङ्ग छ प्रकारको हुन्छ- वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

यस्ता घरेलु उपचार गर्नुहोस् : 
१.  चिसोको कारणले गला बसेको छ भने दालचिनीले फाइदा गर्न सक्छ । एक गिलास तातो पानीमा सानो चम्चाले दालचिनी पाउडर र मरिच हालेर गलगल गर्दा गला खुल्छ ।

२.  घिउ र मह पिउनाले राहत मिल्छ ।

३. तातोपानी र ताताो पिउनाले पनि स्वर बसेकाे ठिक हुन्छ ।

४. देशी घिउ र सखर खान सकिन्छ  ।

५. एन्टिसेप्टिक गुणका कारणले बेसारलाई थुप्रै रोगको रामवाण औषधि मानिन्छ । एक कप तातो पानीमा अलिकति बेसार मिसाएर खाली पेटमा सेवन गर्नुस् ।  

 ‍७. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वर बसेक‍ो ठिक हुन्छ ।

८. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वर बसेको ठिक हुन्छ ।

९. एक गिलास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिसाएर हरेक बिहान यसलाई पिउँदा गलामा आराम हुन्छ । यदि घरेलु उपाय गर्दा पनि केहि कमि भएन भने सम्बन्धित चिकित्सकको सहयोग लिनु पर्छ । -एजेन्सीको सहयोमा

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ४३ बजे

लिमठाना–अर्चले–भँगरा सडक कालोपत्र गरिँदै

पर्वत– लिमिठाना–अर्चले–भँगरा सडक रु चार करोड ६२ लाखको लागतमा कालोपत्र

छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती– हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ

आपसी विवादमा बुवा-छोराले गरे विषादी सेवन

धनगढी– कैलालीमा आपसी विवादको विषयलाई लिएर बुवा र छोराले एकसाथ

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

काठमाडौं– कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा

कैलालीमा सुतेकै कोठामा मृत भेटिए विदेशी नागरिक

धनगढी – कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् ।