सिंगापुरको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी « Khabarhub

सिंगापुरको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले मंगलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।

‘बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,’ वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे।

प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको रूपरेखा दिने बताए। सिङ्गापुरको प्रमुख प्राथमिकताहरूमा आर्थिक प्रतिस्पर्धात्मकता बढाउने, नागरिकहरूका लागि अवसर तथा राम्रो रोजगारी सिर्जना गर्ने र बढ्दो जीवनयापन लागतको प्रभावलाई कम गर्ने समावेश छ ।

‘हामीले विशेष गरी वृद्ध व्यक्तिहरू तथा कम आय समूहकाहरूलाई थप लक्षित समर्थन प्रदान गर्नेछौं,’ वोङले बताए। वृद्ध आमाबाबु तथा साना बच्चाहरूलाई बेवास्ता गरिने छैन ।

नोभेम्बरमा, व्यापार तथा उद्योग मन्त्रालयले सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि सन् २०२४ को लागि करिब ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : ४५ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक