स्कारपियोमा १५५ केजी गाँजा, भरिया बनाइएका दुई युवा पक्राउ « Khabarhub

स्कारपियोमा १५५ केजी गाँजा, भरिया बनाइएका दुई युवा पक्राउ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

विराटनगर – २० लाख रुपैयाँ बराबरको १ सय ५५ केजी गाँजासहित दुई जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार राति १०ः१५ बजे धरानबाट विराटनगर हुँदै भारत गइरहेको को १ च ९५८२ नम्बरको स्कारपियोबाट १ सय ५५ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

गाँजा सहित स्कारपियोका चालक धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिद भूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेका छन् ।मोरङ  प्रहरीले आज अपरहान्ह पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक समेत गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले आइसीपी जाने बाटो विराटनगर–१८ मा चेक जाँच गर्ने क्रममा प्रहरी घेरा तोडेर भागेको स्कारपियोलाई पिछा गर्ने क्रममा जहदा गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बरामद गरिएको १ सय ५५ केजी गाँजाको भारतीय बजार मूल्य २० लाख रुपैयाँ भन्दा बढी मूल्यको रहेको छ ।

प्रहरीले बुधवार नै मोरङ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागूऔषध मुद्दामा विश्वकर्मा र राईलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरेको डिएसपी जोशीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालक विश्वकर्मा र राईले भरियाको रूपमा काम गरेको रहस्य खुलेको र थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

प्रहरीले चालक विश्वकर्मा र राईको साथबाट सामसुङ, नोकिया र रेडमीको गरी ३ थान मोबाइल बरामद गरेको र  मोबाइलको कल डिटेल हेरेर कारोबारीसँग पुग्ने  तर्फ प्रहरी अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : १५ बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि