स्कारपियोमा १५५ केजी गाँजा, भरिया बनाइएका दुई युवा पक्राउ | Khabarhub Khabarhub

स्कारपियोमा १५५ केजी गाँजा, भरिया बनाइएका दुई युवा पक्राउ


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

विराटनगर – २० लाख रुपैयाँ बराबरको १ सय ५५ केजी गाँजासहित दुई जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार राति १०ः१५ बजे धरानबाट विराटनगर हुँदै भारत गइरहेको को १ च ९५८२ नम्बरको स्कारपियोबाट १ सय ५५ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

गाँजा सहित स्कारपियोका चालक धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा सहिद भूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेका छन् ।मोरङ  प्रहरीले आज अपरहान्ह पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक समेत गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले आइसीपी जाने बाटो विराटनगर–१८ मा चेक जाँच गर्ने क्रममा प्रहरी घेरा तोडेर भागेको स्कारपियोलाई पिछा गर्ने क्रममा जहदा गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बरामद गरिएको १ सय ५५ केजी गाँजाको भारतीय बजार मूल्य २० लाख रुपैयाँ भन्दा बढी मूल्यको रहेको छ ।

प्रहरीले बुधवार नै मोरङ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागूऔषध मुद्दामा विश्वकर्मा र राईलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरेको डिएसपी जोशीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालक विश्वकर्मा र राईले भरियाको रूपमा काम गरेको रहस्य खुलेको र थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

प्रहरीले चालक विश्वकर्मा र राईको साथबाट सामसुङ, नोकिया र रेडमीको गरी ३ थान मोबाइल बरामद गरेको र  मोबाइलको कल डिटेल हेरेर कारोबारीसँग पुग्ने  तर्फ प्रहरी अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : १५ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल