एडीबीका दुई परियोजनाको काम सन्तोषजनक रहेको निष्कर्ष « Khabarhub

एडीबीका दुई परियोजनाको काम सन्तोषजनक रहेको निष्कर्ष


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडीबी)द्वारा सञ्चालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।

एडीबीले नेपालमा सञ्चालन गरेका परियोजनाबारे समिक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय बैठकमा एडीबीले लगानी गरेका दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो ।

एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ । ती मध्ये पुनर्निर्माण र उर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्यअनुसार अघि बढिरहेको एडीबीका नेपालका लागि निर्देशक मुख्तोर खामुदखानोभले बताए ।

उनले यी परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रसंशा गरे । एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराएको पनि स्पष्ट पारेको छ । मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड २० अमेरिकी डलर पुगेको पनि जानकारी दिए । उनले नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले एडीबीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्ष इमान्दार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

एडीबीले हाल नेपालमा २ खर्बभन्दा बढीको परियोजना सञ्चालन गरिरहेको छ । त्यसमध्ये सबैभन्दा बढी लगानी सडक पूर्वाधार, उर्जा र खानेपानीमा रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ४ : २८ बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई