एडीबीका दुई परियोजनाको काम सन्तोषजनक रहेको निष्कर्ष « Khabarhub

एडीबीका दुई परियोजनाको काम सन्तोषजनक रहेको निष्कर्ष


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडीबी)द्वारा सञ्चालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।

एडीबीले नेपालमा सञ्चालन गरेका परियोजनाबारे समिक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय बैठकमा एडीबीले लगानी गरेका दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो ।

एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ । ती मध्ये पुनर्निर्माण र उर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्यअनुसार अघि बढिरहेको एडीबीका नेपालका लागि निर्देशक मुख्तोर खामुदखानोभले बताए ।

उनले यी परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रसंशा गरे । एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराएको पनि स्पष्ट पारेको छ । मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड २० अमेरिकी डलर पुगेको पनि जानकारी दिए । उनले नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले एडीबीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्ष इमान्दार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

एडीबीले हाल नेपालमा २ खर्बभन्दा बढीको परियोजना सञ्चालन गरिरहेको छ । त्यसमध्ये सबैभन्दा बढी लगानी सडक पूर्वाधार, उर्जा र खानेपानीमा रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ४ : २८ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना