प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध विषयमा कुराकानी भएको थियो ।

भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र पनि हुन् ।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्किँदै छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १२ : ०५ बजे

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा

सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’

काठमाडौं– सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप

विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको