माओवादी स्थायी समिति बैठक : पूर्वउपराष्ट्रपति पुन पनि सहभागी « Khabarhub

माओवादी स्थायी समिति बैठक : पूर्वउपराष्ट्रपति पुन पनि सहभागी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तयारीका लागि माओवादी स्थायी कमिटी बैठक बसेको हो । यो बैठक ३ दिनसम्म चल्ने छ ।

बैठकमा पहिलो पटक पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासङ’ पनि सहभागी छन् । यससँगै उनी माओवादीको सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी लडाकुका कमान्डरसमेत रहेका पासङलाई पार्टी उपाध्यक्ष बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेका छन् ।

‘प्रचण्ड’को सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको तस्बिरमा पूर्व उपराष्ट्रपति पुन ‘फ्लोर’तर्फ राखिएका कुर्सीको पहिलो लहरमा बसेका छन् । माओवादी केन्द्रको पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न स्थायी कमिटी चलिरहेको छ ।

पासङ बैठकमा उपस्थित भएसँगै अन्य माओवादी नेताले चासो दिएका छन् । पासङलाई दिइने जिम्मेवारीबारेमा नेताहरूले चासो जनाइरहेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : २६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते