पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे   « Khabarhub

पर्यटन क्षेत्रको समृद्धिमा निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे  


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि  तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए ।

मन्त्री पाण्डे भने,  ‘पर्यटन क्षेत्रका समस्या देखि एयरलाइन्स सम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दै छौं,त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं। पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौं, केही निकायहरू त्यहाँ गएपछि दुई वटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ‘

उनले  पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेको र नागरिक उड्डयन सम्बन्धी विधेयक मन्त्रीपरिषद्ले पास गरिसकेको जानकारी गराए। मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सीमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे।

समिति सभापति राजकिशोर यादवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल,सांसदहरू प्रभु साह,दामोदर भण्डारी,शिशिर खनाल, सुदन किराँती, सुनिता बरा, भिमप्रसाद आचार्य लगायतले मन्त्रालयको आव ०८१र०८२ को कार्यप्रगति र नीतिसम्बन्धी विषयमा सक्रिय रूपमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : ५३ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले