आज २०८१ साल पुस १९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १९ गते शुक्रबारको राशिफल


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १९ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी ३ तारिख। पुस शुक्ल पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भय बढ्नेछ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ। इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी लगानी भए मन प्रशन्न हुनेछ।

कर्कट : साथीभाइबाट असहयोग हुने जोखिम छ। कार्यालयमा सहकर्मीसँग मनमुटाव हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुने योग छ। विपक्षीको शब्दजालमा पर्ने जोखिम भएकाले सचेत बन्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : आफन्त भनेका साथीले असहयोग गर्नेछन्। सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ। शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। खानपानमा भने समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

धनु : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ। सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले दाजुभाइको साथ प्राप्त हुनेछ। सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ। गरगहना हराउने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ। वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ।

मीन : ११ औं स्थानमा चन्द्रमा पुगेकाले आज गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ०१ बजे

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा