राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टीको प्रथम महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबारका लागि बैठक बोलाइएको राप्रपा नेपालले जनाएको थियो।

आज देखी काठमाडौंमा सुरु भएको बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुनेछ ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै, राप्रपा नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवस भव्य तरिकाले मनाउनका लागि तयारी पनि गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : ४५ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा