अस्पताल भवन समयमै निर्माण नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

अस्पताल भवन समयमै निर्माण नहुँदा स्थानीयलाई सास्ती


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दार्चुला– शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्प  भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिलान्यास गरेको थियो।

अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ ।

अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्रीले बताएका छन्। लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७-७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ ।

 कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताए।

दुहुँ गाउँपालिकामा पनि १० शैय्या अस्पताल निर्माण थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए । आव २०७७-७८ मायमुना, कौशिल जगदम्बा जेभीले कूल आठ करोड २९ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । 

यसैगरी, व्यास गाउँपालिकामा रु २४ करोड ७६ लाख ८५ हजारको लागतमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले बताए। 

यद्यपि अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैय्या अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो अस्पतालका लागि रु १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै