भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटस्थित आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतोलाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह- प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिएका छन्।

महतोले २०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महतोको श्रीमती २२ वर्षीया शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर फरार भएका थिए।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो ।

घटना भए देखिनै फरार महतोलाई खोज तलास गर्दै शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत  सयौंजना अभियुक्त पक्राऊ परेका छन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  २ : १३ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्