न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन सरकार केन्द्रित « Khabarhub

न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन सरकार केन्द्रित


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा विहीबार बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ऐनअनुसारको सेवा सुविधा उपलब्ध गराए÷नगराएका बारे अनुगमन केन्द्रित गर्ने जनाउ दिएको हो ।

बैठकलाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए÷नभएको सुनिश्चित गर्न गम्भीर ढङ्गबाट अनुगमन गर्ने बताए । ज्यालामा देखिएको असमानता गम्भीर विषय भएको उल्लेख गर्दै उनले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिकसम्बन्धी विभेद अन्त्य गर्न सरकारले विशेष कदम चाल्ने बताए ।

मन्त्री विष्टले श्रमिकले सेवा सुविधा प्राप्त गर्ने आधार सुनिश्चित गर्न श्रम ‘अडिट’लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लाग्न सरोकारवालालाई निर्देशन दिए । श्रमिकको रूपमा विदेशिने नेपाली नागरिकका हक, अधिकार एवं सुरक्षाको विषयमा अधिकतम ध्यान दिनुपर्नेमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपाली श्रमिकको हितविपरीत हुने गरी कुनै सम्झौता नगरिने दृढता व्यक्त गरे ।

मन्त्री विष्टले श्रम कानूनका प्रावधानको प्रभावकारी कार्यान्वयन गरी श्रमिकका गुनासा यथाशीघ्र सम्बोधन गर्न नीतिगत, कानूनी, संस्थागतलगायत आवश्यक जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा थप सुधार गर्न निर्देशन दिए ।

श्रमसचिव विनोद केसी श्रम कानूनको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त अनुगमन र अन्य सुधारका लागि मन्त्रालयले आवश्यक समन्वय एवं सहजीकरण गर्ने बताए ।

बैठकमा व्यावसायिक तथा सीपमूलक तालीमलाई एकीकृत नीति र संरचनाभित्र सञ्चालन गर्ने, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ तथा एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमालगायत विषयमा छलफल भएको थियो ।

नेपालले अनुमोदन गरेका तथा अनुमोदन नगरेका अन्तरराष्ट्रिय श्रम सङ्गठनका महासन्धिको कार्यान्वयनको अवस्थासम्बन्धी छलफल भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : ४२ बजे

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत

संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन

काठमाडौं– नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री संसद्को नेता हुने भएकाले

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं– जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना