सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल « Khabarhub

सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र समृद्धिका विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित हुने देखिएको बताएका छन् । 

आइतबार ललितपुरमा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष दाहालले जुनसुकै दल सरकारमा रहे पनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सधैँ सुशासन र समृद्धिका कुरा गर्ने गरेको भन्दै उक्त विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित हुने देखिएको महसुस आफूलाई भएको बताएका हुन् ।  

सुशासन र समृद्धिका विषय जीवन व्यवहारमा लागू हुने नदेखिएकाले गुनासाहरू धेरै आउने गरेको उनले बताए । उनले आदर्श एउटा विषय भए पनि कार्यान्वयन वा जीवन व्यवहारमा लागू गर्ने विषय फरक–फरक रहेको धारणा राखे । 

सञ्चारमाध्यमले सुशासन र समृद्धिसँग जोडिएर आएका विषयमा देखिएका अन्तर्विरोधलाई खुलस्त राख्नुपर्ने उनको भनाइ छ । 

अध्यक्ष दाहालले समाज रूपान्तरणको लागि पत्रकारहरूले दिने हरेक समाचार सत्य र तथ्य हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको जिकिर गरे ।  

उनले पत्रकारिता क्षेत्रलाई जबाफदेही र मर्यादित बनाउन आफ्नो तर्फबाट सदैव सकारात्मक सहयोग हुने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ४८ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–