२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो | Khabarhub Khabarhub

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बन्यो, टाटाको पन्च। गतवर्ष टाटाले भारतमा २ लाख २ हजार ३० वटा पन्च बिक्री गरेर रेकर्ड बनाएको छ। यसअघि मारुती सुजुकीका कार नै वर्षौँदेखि सर्वाधिक बिक्री हुने कारका रुपमा रहँदै आएको थियो।

२०२४ मा टाटा पन्चले मारुती सुजुकी वेगनआरलाई पछि पारेर सर्वाधिक बिक्री हुने कारको ताज पाएको हो। गतवर्ष मारुती वेगनार १ लाख ९० हजार ८ सय ५५ वटा बिक्री भएको थियो। भारतमा एसयूभी सेगमेन्टका कारको बिक्री बढ्दै गएको छ।

२०२४ मा धेरै बिक्री हुने पाँच कारमा ३ वटा एसयूभी सेगमेन्टका कार हुन्। पहिलोमा टाटा पन्च २ लाख २ हजार ३० वटा, दोस्रोमा मारुती वेगनआर १ लाख ९० हजार ८ सय ५५ वटा, तेस्रोमा मारुती इर्टिगा १ लाख ९० हजार ९१ वटा, चौथोमा मारुती ब्रेजा १ लाख ८८ हजार १ सय ६० वटा र पाँचौँमा हुन्डाई क्रेटा १ लाख ८६ हजार ९ सय १९ वटा बिक्री भएको तथ्यांक छ।

भारतीय कार बजार प्रिमियमउन्मुख भएको देखिएको अटोकारप्रोले उल्लेख गरेको छ। मारुती सुजुकीका कारहरु तुलनात्मक रुपमा ‘लिटमस टेस्ट’मै रहेकाले उसले आफ्नो बजार हिस्सा समेत गुमाउँदै गएको उल्लेख छ। अहिले पनि मारुती सुजुकी नै भारतको सबैभन्दा ठूला कार उत्पादक कम्पनी भने हो।

१० लाख भारुभन्दा बढी मूल्यका एसयूभीको बिक्री बढ्दा मारुती सुजुकीको बजार हिस्सा प्रभावित हुन पुगेको हो।

कोरोना महामारीपूर्व अर्थात २०१८ मा भारतमा ३३ लाख ४९ हजार कार बिक्री भएको थियो। उक्त वर्ष भारतीय कार बजारमा मारुती सुजुकीको बजार हिस्सा ५२ प्रतिशत रहेको थियो। सो वर्ष भारतको सर्वाधिक बिक्री हुने ५ कारमा सबै मारुती सुजुकीकै कार थिए।

२०२४ भारतमा ४२ लाख ८६ हजार कार बिक्री भएको हो। यो वर्ष मारुती सुजुकीको बजार हिस्सा ४१ प्रतिशतमा झरेको छ। यही वर्ष मारुतीले भारतमा सर्वाधिक बिक्री हुने कार मोडलको ताजसमेत गुमाएको छ।

स्वतन्त्र भारत भएलगत्तै हिन्दुस्तान मोटर्सको एम्बास्डर कार करिब ३ दशक भारतको सर्वाधिक बिक्री हुने कार थियो। तर १९८५ पछि भने आधुनिक, विश्वसनीय र सस्तो मूल्यमा सुजुकीले मारुती ८०० कार ल्याएपछि भारतीय कार बजारमा नयाँ आयामको उदय भयो। यही सयमपछि मारुती सुजुकीले उत्पादन गरेका कार नै भारतको सर्वाधिक बिक्री हुने कार बनिरहेको थियो।

एम्बास्डरबाट सर्वाधिक बिक्री हुने कारको ताज त्यसपछिको ४ दशक मारुती सुजुकीको पोल्टामा रहेको थियो। तर २०२४ मा आइपुग्दा त्यो ताज मारुतीबाट टाटाको पोल्टामा पुगेको हो।

मारुती ८०० पछि मारुती अल्टो १३ वर्षसम्म सर्वाधिक बिक्री हुने कार बनेको थियो। २०११ मा सुजुकी अल्टो ३ लाख ११ हजार ३ सय ६७ वटा बिक्री भएको थियो।

२०१८ पछि भने कार उद्योगमा सरकारले सुरक्षालाई ध्यानमा राखेर ठूलो परिवर्तनसहितको नीति ल्याएको थियो। यसपछि कार उद्योगमा बदलाव देखिएको हो। २०१८ पछि मारुतीको डिजायर र वेगनआर सर्वाधिक बिक्री हुने कार बनेका थिए। २०२४ मा आइपुग्दा सब फोरमिटर कार उद्योग एसयूभीतर्फ मोडिएको छ।

२०२१ मा सार्वजनिक भएको टाटा पन्च १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्ससहित सब फारेमिटर एसयूभीका रुपमा बजरमा आएको हो। सार्वजनिक भएयता टाटा पन्च भारतमा मासिक १० हजारभन्दा बढी बिक्री हुँदै आएको छ।

टाटा पन्च गत वर्ष ईभी भर्सनमा आएको थियो। टाटा पन्च र पन्च ईभी नेपाली बजारमा पनि उपलब्ध रहेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्चको आईसी र ईभी दुवै भर्सन बिक्री गरिरहेको छ। पन्च ईभी नेपाली बजरमा धेरैको रोजाइमा परिरहेको विद्युतीय एसयूभी हो।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : २४ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज