नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल  « Khabarhub

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल 


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोसिस गरिरहेको बताए । 

उनले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट छुट्याइएको तर इआइए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भए पनि अब छिट्टै काम अघि बढ्ने बताए । 

उनले बाल उपचारलाई सातै प्रदेशमा विस्तार गर्ने गरी सरकारले काम गरिरहेको बताए । उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ । अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट यहाँ परेको छ। अब इआइए हुन नसकेर त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यो काम हामीले छिटो अघि बढाउनेछौँ । 

सातै प्रदेशमा बाल उपचारलाई विस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने इन्स्ट्युसनका रूपमा यसलाई विकास गर्नुपर्छ। बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ । रिसर्चको कुरामा पनि स्रोतको कुरा हो, रिसर्चको पार्टमा पनि के काम गर्न सकिन्छ, त्यसमा पनि काम गरौँ। यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ।’

मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ०८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि