सबै भान्छामा नछुट्ने सामान हो नुन । यो स्वादका लागि खाइने खाद्य पदार्थ हो । स्वासँगै स्वास्थ्यका लागि आवश्यक नुन बढी भएमा स्वास्थ्यका लागि त्यति नै हानीकारक पनि छ ।
नुनले निम्त्याउने असर यस्ता छन् :
- सकेसम्म खानामा नुनको मात्रा कम गर्ने ।
- मानिसले प्रायः खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
- फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।
- घरमै बनाएको खाना खानुपर्छ । र, खानामा धनियाँ, खुर्सानी, जायफल, अदुवालाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ ।
- शरीरमा नुनको मात्रा बढी भएमा कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ, जसलाई ‘वाटर रिटक्सन’ पनि भन्ने गरिन्छ ।
त्यस्तै, बढी नुन खाँदा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्यासमेत हुने गर्छ ।
प्रतिक्रिया