बेलायतमा समयअघि नै आमनिर्वाचन गराउने बारे फेरि संसदमा मतदान हुने « Khabarhub

बेलायतमा समयअघि नै आमनिर्वाचन गराउने बारे फेरि संसदमा मतदान हुने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा समयअगावै आमनिर्वाचन गराउने विषयमा आगामी सोमवार सांसदहरूले फेरि एकपटक मतदान गर्ने अवसर पाउने भएका छन् ।

समयअगावै आगामी अक्टोबर १५ मा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई हाउस अफ कमन्समा सांसदहरूले बुधवार अस्वीकृत गरेपछि यस्तो घोषणा आएको बीबीसीले उल्लेख गरेको छ ।

विपक्षी लेबर पार्टीका छायाँ अर्थमन्त्री जोन म्याकडोनल्डले लेबर पार्टीले चुनाव चाहेको थियो तर उसको प्राथमिकता कुनै पनि सम्झौता बिना युरोपेली संघ (ईयू) बाट बेलायत बाहिरिने प्रक्रियालाई रोक्नु थियो भनेका छन्।

त्यसपछि प्रधानमन्त्री बोरिस जनसनले निर्वाचनका लागि समर्थन नगरेर विपक्षी नेता जेरमी कोर्बिनले ‘लोकतन्त्रलाई कायर तरिकाले अपमान गरेको’ आरोप लगाएका छन्।

यसैबेला प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र मन्त्री पदबाट राजीनामा दिने बताएका छन्। आफू राष्ट्रिय स्वार्थ र परिवारप्रतिको इमानदारीबीच के छान्ने भन्नेबारे दोधारमा परेको उनले बताएका छन्।

आफ्नो भूमिकामा देखा परेको तनावको कुनै समाधान नभएको समेत उनको भनाइ छ। सन् २०१६ मा ब्रिटेन ईयूमा रहनुपर्ने वा नपर्ने भन्नेबारे भएको जनमत सङ्ग्रहमा उनले ब्रिटेन ईयूबाट बाहिरिनु हुदैन भन्ने पक्षमा मतदान गरेका थिए।

बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका थिए। उनको प्रस्तावको पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ३३ बजे

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा

सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु