आइएमएफ मिसन टोलीलाई अर्थमन्त्रीले भने - ‘नीति र संरचना सुधारमा केन्द्रित छु’ | Khabarhub Khabarhub

आइएमएफ मिसन टोलीलाई अर्थमन्त्रीले भने – ‘नीति र संरचना सुधारमा केन्द्रित छु’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्‌ ।

अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आइएमएफ)को पाँचौं समीक्षा मिसन टोलीसँग भेट्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्‌ ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरूलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरू अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने बताए ।

अर्थमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास व्यक्त गरे । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयहरूबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।

सर्वत जहानको नेतृत्वको अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले विगतका सुधारको कार्यक्रमहरूको समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ४१ बजे

५० हजार धरौटी बुझाएर रिहा भए निकोलस भुसाल

काठमाडौँ- समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक

पार्टीभित्र एकअर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातीः प्रवक्ता महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप