‘कार्साङ’को प्रिमियरमा चलचित्रकर्मीको चहलपहल, दयाहाङ देखिएनन् (तस्बिरहरू) « Khabarhub

‘कार्साङ’को प्रिमियरमा चलचित्रकर्मीको चहलपहल, दयाहाङ देखिएनन् (तस्बिरहरू)


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आगामी पुस २६ गते रिलिज हुने तय भएको चलचित्र ‘कार्साङ’ को प्रिमियर गरिएको छ । बुधबार साँझ काठमाडौंस्थित बिग मुभिजमा उक्त फिल्मको प्रिमियर भएको हो ।

प्रिमियरमा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दिपश्री निरौला, अनुप बराल, गायक कमल खत्री, मेलिना मैनालीलगायत कलाकार उपस्थित थिए ।

चलचित्रका मुख्य पात्र दयाहाङ राई कार्यब्यस्तताले उपस्थित हुन नसकेको कार्साङ निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’मा ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा रहेको निर्देशक शेर्पाले बताए।

चलचित्रले गरिब, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथा प्रस्तुत गर्दैछ । निर्माण पक्षले यो फिल्मले दर्शकको मन जित्न र विश्वास जगाउन सफल हुने बताएका छन् ।

चलचित्र ‘कार्साङ’ मा मा दयाहाङ राई, सृजन निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता तथा छायांकन पुरुषोत्तम प्रधान हुन् । सह-निर्माता गोविन्द बोहरा हुन् । कार्यकारी निर्माता रुपा आङ्छिरिङ शेर्पा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : २७ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल