सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव « Khabarhub

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

 महोत्तरी- जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताएका छन् ।

जनयुद्धको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाकी रहेको उनको भनाई छ ।

पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आइपुगेका महासचिव विप्लवले नेकपा एमाले, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचन्ड’ले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।

दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोल चक्करमा घुमेको बताउँदै एकले अर्कोलाई आरोप लगाउने बाहेक केही पनि नरहेको उनेको भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफू नरम नै भएको बताउँदै केन्द्रीय समितिको बैठकमा माओवादी केन्द्रले बनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।

‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’

यो देशको समृद्धि उत्पादनबाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लवको जोड छ । उनले आफ्नो पार्टी अहिले उत्पादनबाट नै आत्मनिर्भर भइसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने विश्वास व्यक्त गरेका छन् । -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : ४३ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार